‘पागलपन्ती’ को बक्स अफिस कलेक्सन कति? | Khabarhub Khabarhub

‘पागलपन्ती’ को बक्स अफिस कलेक्सन कति?


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जोन अब्राहम, अनिल कपूर, अरशद वारसी, पुल्कित सम्राटको कमेडी फिल्म ‘पागलपन्ती’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ ।

मल्टिस्टारर यो फिल्मले रिलिजको ३ दिनमा १८ करोड ५० लाख भारु कमाइ गरेको भारतीय मिडियाले लेखेका छन् ।

फिल्मले पहिलो दिन ५ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन ६ करोड २५ लाख कमाइ गरेको थियो । यो फिल्मले बक्स अफिसमा खासै कमालको व्यापार गर्न सकेको छैन भने दर्शकबाट पनि मिश्रित प्रतिक्रिया पाएको छ ।

फिल्मको स्किृप्ट धेरैलाई चित्त बुझेको छैन । तीन साथीको संगतलाई लिएर बनाइएको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ४७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष