प्रहरी चौकी अझै निर्माण सम्पन्न भएनन् « Khabarhub

प्रहरी चौकी अझै निर्माण सम्पन्न भएनन्


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ ।

नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताए ।

प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे दुईतले भवन एक करोड ४२ लाख ३५ हजार ८६१ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरी चौकीमा भान्सा, शौचालय, कार्यालयदेखि महिला–पुरुषका लागि फरक–फरक हिरासत निर्माण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिका–९ गिलुङ टक्सारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको एक करोड ४७ लाख ६८ हजार ९८० लागतमा प्रहरी चौकी भवन निर्माण भएको छ ।

जिल्लामा अझै आधा दर्जन प्रहरी चौकीको आफ्नै भवन छैन । कतै सरकारी तथा विद्यालयका भवनमा त कतै घर भाडामा लिएर सेवा दिँदै आएको छ । प्रहरीको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : २९ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन