प्रहरी चौकी अझै निर्माण सम्पन्न भएनन् « Khabarhub

प्रहरी चौकी अझै निर्माण सम्पन्न भएनन्


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ ।

नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताए ।

प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे दुईतले भवन एक करोड ४२ लाख ३५ हजार ८६१ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरी चौकीमा भान्सा, शौचालय, कार्यालयदेखि महिला–पुरुषका लागि फरक–फरक हिरासत निर्माण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिका–९ गिलुङ टक्सारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको एक करोड ४७ लाख ६८ हजार ९८० लागतमा प्रहरी चौकी भवन निर्माण भएको छ ।

जिल्लामा अझै आधा दर्जन प्रहरी चौकीको आफ्नै भवन छैन । कतै सरकारी तथा विद्यालयका भवनमा त कतै घर भाडामा लिएर सेवा दिँदै आएको छ । प्रहरीको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : २९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना