प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्नी सीताको उपचारार्थ अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्युरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्ड र सहायक विदेशमन्त्री वेल्सबीच अमेरिकाको राजधानी वाशिंटन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा भेटवाता भएको हो । भेटवार्तामा प्रचण्ड र उपसहायक विदेशमन्त्री वेल्सबीच नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै प्रचण्ड र वेल्सबीच भेटवार्ता भएको जनाएको हो । पत्नी सीताको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका प्रचण्डले राजनीतिक भेटवार्तालाई पनि तीव्रता दिएका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ४० बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ