चुरोटका अम्मलीमा मुटुरोगको जोखिम, मुटुरोगीमध्ये ४५ प्रतिशत गरिब र अशिक्षित « Khabarhub

चुरोटका अम्मलीमा मुटुरोगको जोखिम, मुटुरोगीमध्ये ४५ प्रतिशत गरिब र अशिक्षित


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ। त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ। एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको नयाँ पत्रिकामा खबर छ ।

देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए। अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए।

एक्सन नेपालका डा. देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए। अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो। चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा. प्रसाईंले जानकारी दिए।

एक्सन नेपालले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण वर्षमा २७ हजार एक सय ३७ जनाको मृत्यु हुने गरेको जनाएको छ। संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले शुक्रबार आयोजित एक कार्यक्रममा तथ्यांक प्रस्तुत गरे कार्यक्रममा द युनियनको एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक डा. तारासिंह बमले नेपालको कुल जनसंख्यामध्ये ३० प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्दै आएको बताए। उनले पनि कम आम्दानी भएका व्यक्तिले नै बढी सुर्ती सेवन गर्ने गरेको अध्ययनमा पाइएको जानकारी दिए। डा. बमले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको कानुन कडाइका साथ कार्यान्वयनमा ल्याउन आग्रह गरे।

साढे सात करोड नक्कली भारुसहित युनुस अन्सारीको समूह पक्राउ शीर्षकको समाचारमा नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो ।

बरामद नक्कली भारु सुटकेसमा राखेर कतार हुँदै नेपाल भित्र्याइएको हो। भारत सरकारले पुराना नोट हटाएर पाँच सय र दुई हजार दरका नयाँ नोटको प्रयोग सुरु गरेपछि नेपालमा भारु तस्करी रोकिएको थियो। तीन वर्षपछि नेपालमा नक्कली भारु बरामद भएको हो।

‘नक्कली नोट लिन गएका युनुस अन्सारीसहित तीनजनालाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापा क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानी र युनुसबीच कुराकानी भएको प्राविधिक अनुसन्धानबाट समेत देखिन्छ।’ पक्राउ पर्ने पाकिस्तानीमा मोहम्मद अख्तर, नदिना अनवार र नासिर उद्दिन छन्। उनीहरू दुई दिनअघि मात्र पाकिस्तानबाट कतार गएका थिए।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ५६ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका