सगरमाथा चढ्दै गरेका पर्वतारोहणका चर्चित गाइड ध्रुब विष्टको मृत्यु « Khabarhub

सगरमाथा चढ्दै गरेका पर्वतारोहणका चर्चित गाइड ध्रुब विष्टको मृत्यु


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चर्चित नेपाली गाइड ध्रुब विष्टको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ । आरोहणका क्रममा स्वास्थ्यमा समस्या देखा परेका विष्टको मृत्यु भएको अर्का गाइड लाक्पा नोर्बु शेर्पाले बताए ।

क्याम तीनमा पुगेका विष्टको स्वास्थ्यमा अचानक समस्या आएपछि आधार शिविरतर्फ लगिएको थियो । तर, उनको आधारशिविर नपुग्दै मृत्यु भएको हो ।

पर्वतारोहणका क्षेत्रमा निक्कै नाम कमाएका विष्टको सगरमाथा आरोहण भने पहिलो हो । अन्य हिमालको सफल आरोहण गरेका उनी हिमालय स्की ट्रेक्सको आरोहण दल सदस्यका रुपमा सगरमाथा गएका थिए ।

३३ वर्षका विष्ट कैलालीका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : २२ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा