वडा अध्यक्षसहित ७ जनाको घर जलेर नष्ट, ६० वटा बाख्रा पनि जले | Khabarhub Khabarhub

वडा अध्यक्षसहित ७ जनाको घर जलेर नष्ट, ६० वटा बाख्रा पनि जले


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको थियो ।

ढकारी गाउँपालिका–४ का वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी पदम बुढाले जानकारी दिए ।

आगलागी भएपछि पशुचौपाया मर्नुका साथै खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सी क्षति भएको छ । आगलागीबाट मानवीय क्षति नभएको तर स्थानीयवासीका ६० वटा बाख्रा, एक गोरु जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार आगलागीबाट रु एक करोड ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १२ : ५६ बजे

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु

कोशी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बलर असफल भएपछि पाँचौँ टेस्टका लागि इंग्ल्यान्डले दियो ओभरटनलाई मौका

काठमाडौं – म्यानचेस्टरमा भएको खेल बराबरीमा सकिएपछि इंग्ल्यान्डले भारतविरुद्धको पाँचौँ

युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’

स्कटल्यान्ड – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय