रुद्राक्षको फाइदा धार्मिक मात्रै होइन वैज्ञानिक पनि | Khabarhub Khabarhub

रुद्राक्षको फाइदा धार्मिक मात्रै होइन वैज्ञानिक पनि


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हिन्दू धर्म संस्कृतिमा रुद्राक्षको महत्व विशेष रुपमा रहने गरेको छ । रुद्राक्षले मानिसमा हुने कुनै पनि हानिकारक ऊर्जाबाट बचाउने विश्वास गरिन्छ । यसको प्रयोग तपस्वीले मात्रै नगरी सांसारिक जीवनमा रहेका व्यक्तिले पनि गर्छन् । रुद्राक्षको माला लगाउनु धार्मिक महत्वका साथसाथै वैज्ञानिक रुपमा पनि लाभदायक हुन्छ । रुद्राक्ष लगाउनाले शरीरमा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।

धार्मिक महत्व
विद्येश्वर संहिता भगवान शिवसँग सम्बन्धित छ । यस संहितामा भगवान शिवको पूजा, उपासना तथा उनीसँग जोडिएका विषयवस्तुको महत्वबारे उल्लेख गरिएको छ । यस ग्रन्थमा भस्मदेखि रुद्राक्षसम्मको महत्वबारे बताइएको छ । रुद्राक्षको उत्पत्तिबारे ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

रुद्रस्इ अक्षि रुद्राक्षः, अक्ष्युपलक्षितम्अश्रु, तज्जन्यः वृक्षः ।
‘रुद्र’ को अर्थ शिव तथा ‘अक्ष’ को आँखा अर्थात आत्मा हुन्छ । त्रिपुरासुरलाई जलाएर भस्म गरेपछि भोले रुद्रको हृदय दुखी हुँदा उनको आँखाबाट आँशु झर्छ । उक्त आँशु जुन स्थानमा झरेको हुन्छ, त्यहीँ रुद्राक्षको रुख उम्रन्छ । रुद्राक्षलाई हिन्दू तथा विशेष रुपमा शैवले पवित्र रुपमा लिने गर्छन् । शैव तथा तान्त्रिकले रुद्राक्षको माला लगाउँने तथा जप गर्ने गर्छन् । उपनिषदमा रुद्राक्षलाई भगवान शिवको आँखा भनिएको छ । यसलाई धारण गरेमा दिन–रातमा गरिने सबै पाप नष्ट हुने तथा अर्बौं गुणा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । रुद्राक्षमा हृदय सम्बन्धी विकारलाई टाढा गर्ने अत्भुत क्षमता हुन्छ ।

बौद्धिक क्षमतामा वृद्धि

  • वैज्ञानिकहरुका अनुसार रुद्राक्षमा ‘इलेक्ट्रोमेग्नेटिक’ गुणहरुका कारण अत्भुत शक्ति हुन्छ । यसमा औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट उत्पन्न हुन्छ ।
  • अन्तर्राष्ट्रिय युनिभर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेभिड लीले रुद्राक्षले विद्युत ऊर्जाबाट आवेशको सञ्चित गर्ने अनुसन्धानले पत्ता लागेको बताएका छन् । जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यस आवेशले मानिसको मस्तिष्कमा केही केमिकललाई प्रोत्साहित गर्छ । जसले रुद्राक्षमा चुम्बकीय गुण विकास गर्छ । यसै कारण रुद्राक्षले शरीरमा स्पर्श गर्दा मानिसहरुले अत्यन्तै आनन्द महसुस गर्ने गर्छन् ।
  • रुद्राक्षले मानिसको बौद्धिक क्षमता तथा स्मरण शक्ति राम्रो बनाउने मानिन्छ । रुद्राक्ष धारण गरेमा चिन्ता तथा तनावसँग सम्बन्धित समस्यामा कमी आउने र उत्साह ऊर्जामा वृद्धि हुनेछ । हृदयरोग, रक्तचाप तथा कोलेस्ट्रलको मात्रा नियन्त्रणमा रुद्राक्ष प्रभावशाली हुने मानिन्छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ०६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०