आजको मौसम : मध्य र पश्चिममा हल्का तथा पूर्वी भेगमा भारी वर्षा « Khabarhub

आजको मौसम : मध्य र पश्चिममा हल्का तथा पूर्वी भेगमा भारी वर्षा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनसुन सक्रिय भएसँगै नियमित वर्षा हुन थालेको छ । आज (मंगलबार) पनि देशभरका विभिन्न भागमा हल्का, मध्यम र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानमा भारी वर्षा हुने सम्भावना देखाएको छ ।

त्यस्तै भोलि बुधबार पनि देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ :

असार १० गते (मंगलबार)

दिउँसोः देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

राति: देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदलि भइ पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

असार ११ गते (बुधबार)

दिउँसोः देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पुर्बि भूभागका एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ । पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पुर्बि भूभागका एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार १२ गते (बिहिबार)

दिउँसोः देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी भूभागका एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राति: देशैभरि सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : ४१ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको