शंकास्पद वस्तु बम नभएको पुष्टि, स्थानीयमा बढ्यो त्रास « Khabarhub

शंकास्पद वस्तु बम नभएको पुष्टि, स्थानीयमा बढ्यो त्रास


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

त्यसमा पनि विभिन्न ठाउँमा भेटिएका शंकास्पद वस्तुका कारण सर्वसाधारणामा त्रास पैदा भएको छ । विप्लवको बन्द आह्वानका दिन देखिएका शंकास्पद वस्तु बम हुन सक्ने भन्दै सुरक्षाकर्मीलाई खबर गरिए पनि ती अधिकांश बम नभएको पुष्टि भएको छ ।

कीर्तिपुरको नयाँ बजार गेटमा शंकास्पद वस्तु

काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिकै भेटिएको शंकास्पद वस्तु बन नभएको खुलेको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि पुगेको टोलीले गेट नजिकै राखिएको वस्तु बम नभएको पुष्टि गरेको छ ।

बमको आशंकामा डिस्पोज गर्न गएको नेपाली सेनाको टोलीले प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला पारेको थियो ।

जावालाखेलमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

यसैबीच आजै ललितपुरको जावलाखेल खेल मैदान अगाडि पनि शंकास्पद फेला परेको थियो । बन्द आह्वानकै दिन देखिएको शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गरिएपनि त्यो बम नरहेको प्रहरीले जनाएको छ ।

पोखरामा नक्कली बम

काठमाडौंका विभिन्न क्षेत्रमा शंकास्पद वस्तु भेटिनेक्रम बढेसँगै पोखरामा पनि शंकास्पद वस्तु धेरै फेला परेका छन् । त्यहाँ भेटिएका शंकास्पद वस्तु पनि बम नभएको प्रहरीले दाबी गरेको छ ।

कागजमा ‘टाइम बम’ लेखेर पोखराको सिद्धार्थ चोकस्थित तरकारी बजारमा राखिएको वस्तु पनि बम नभएको प्रहरीले जनाएको छ । कागजमा लेखिएको भएकाले बम हुनसक्ने आशंकामा नेपाली सेनाको टोली निष्कृय पार्न तरकारी बजारमा पुगे पनि त्यो शंकास्पद वस्तु बम नभएको पुष्टि भएको थियो । तर स्थानीयबासी भने बमको आशंकामा निक्कै त्रसित भएका थिए ।

त्यस्तै पोखरा छिर्ने मुख्य नाका विजयपुर पुल नजिकै प्रेसर कुकर बम भेटिएको छ । अन्य दुई छुट्छाछुट्टै ठाउँमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बैदाम र तालचोकमा पनि शंकास्पद बस्तु भेटिएको छ । कडा सुरक्षाकाविच विजयपुरमा भेटिएको बम डिस्पोज तयारी थालेको प्रहरीले जनाएको छ । बन्दको एक दिन अगाडि सोमबार पनि पोखराको व्यस्त तरकारी बजारमा विप्लव नेतृत्वको पार्टीको पर्चा र शंकास्पद बस्तु भेटिएको थियो ।

झापा र प्यूठानमा शंकास्पद वस्तु

आज बिहान झापाको कन्काई पुलमा बम फेला परेको छ । बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

यसैबीच प्यूठान नगरपालिका-४ जुम्री बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ । होटल डाइमन्ड अगाडि ग्रिनेड आकारको वस्तु फेला परेका प्रहरीले जनाएको छ । शंकास्पद वस्तुलाई पत्रिकाले बेरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार शंकास्पद वस्तुमा घडी पनि राखिएको छ । शंकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी गरेको बुढाथोकीले बताए ।

त्यसैगरि बर्दियाको गुलरियास्थित वन कार्यालय नजिक र नुवाकोटको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितको निवासमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अछाममा आगजनी

अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहद्वारा पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन ।

विप्लव समूहले सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज नेपाल बन्द आहृवान गरेको छ । पौडेलको गत असार ५ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ५९ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको