कुनैपनि कामको सम्पूर्ण कार्य नै सोचाई हो « Khabarhub

कुनैपनि कामको सम्पूर्ण कार्य नै सोचाई हो


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भगवान गौतम बुद्ध एक अन्तरज्ञानी थिए र गुरु पनि । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिए भने ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा उनको निधन भयो । तर, अहिले पनि उनका विचारहरु अजम्बरी बनेर बसेका छन् । यहाँ हामीले उनको एउटा भनाई उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि पनि उत्प्रेरणाको स्रोत बन्न सक्छ ।

भगवान गौतम बुद्धले भनेका थिए, ‘अहिले तपाईं हामी जे छौं त्यो सबै आफूले जे जस्तो सोचिरहेका छौं त्यसैको परिणाम हो । यदि तपाईंले गलत विचार सोच्नुहुन्छ भने तपाईंलाई दुःख एवं पीडा प्राप्त हुन्छ । तर तपाईंले स्वच्छ र सकारात्मक सोचाई राखेर कुरा गर्नुभयो भने मान्नुस् तपाईंलाई खुशी मिल्छ । यति कुरा बुझ्नुस् की सोच अनुसारको व्यवहार भनेको एकप्रकारको छायाँ जस्तै हो जसले कहिल्यै पनि छाड्दैन ।

बुद्धले यो पनि भनेका थिए, दिमाग नै सबै कुरा हो, तपाईं जे सोच्नुहुन्छ त्यही बन्नु हुन्छ । त्यसैले यदि खुशीपूर्वक बाँच्नु छ भने तपाईं हामीले आफ्नो दिमागलाई राम्रो र दयावान सोचाईले हेर्नुपर्छ । तपाईंले नकारात्मक सोचाईलाइ आत्मसात गर्नुभयो भने त्यसले बिस्तारै तपाईंलाई बर्वादीको बाटोमा पुर्‍याउँछ ।

किनभने तपाईं हामीले जसरी सोच्छौं त्यो सोचाईले नै तपाईं हाम्रो कामलाई असर गर्छ , त्यही अनुसार नै हामीले कर्म गर्छौं र हाम्रो कर्मले नै हामीले के पाउँछौं भन्ने कुरा निर्धारण गर्दछ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : ५९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने