सरकारले अनुमति दिए निजी उर्जा उत्पादकले ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने « Khabarhub

सरकारले अनुमति दिए निजी उर्जा उत्पादकले ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले अनुमति दिए ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने स्वतन्त्र उर्जा उत्पादकले दाबी गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमति दिएमा निजी क्षेत्रले ६ सय मेगावाट विद्युत भारतलाई बेच्न सक्ने दाबी गरेका हुन् ।

अहिले नै भारतका उर्जा बेच्न सक्ने अवस्था रहेको भन्दै इप्पानले त्यसका लागि सरकारी अनुमति चाहिने उल्लेख गरे ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डलले क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यन्वयनबारे छलफल गर्न ३ दिनसम्म भारतको भ्रमण गरेका छन् ।

छलफलमा इप्पानले नेपालको ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको हालको अवस्था र भविष्यमा यसको भूमिकाबारे जानकारी गराएको थियो ।

नेपालमा अहिले नीजि क्षेत्रको सक्रिय रहेको र यसले आगामी केही वर्षमा ग्रीड प्रणालीको दुई तिहाइ भन्दा बढि क्षमता ओगट्ने र जसकारण नेपाल विद्युत निर्यात गर्ने मुलुक हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

‘विद्युतीय क्षेत्रीय बजार स्थापनाका लागि र त्यसमा निजी क्षेत्र सहभागि हुनका लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यक स्वीकृति दिनपर्छ’ उनले भने ‘गुणस्तरीय जलविद्युतलाइ प्रतिस्पर्धा लागतमा उत्पादन गर्न, निजी क्षेत्र मैत्री, उपयुक्त नीति अवलम्बन गरियोस्’ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : १९ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको