नेयमार बार्सिलोनासँगको सम्झौता नजिक « Khabarhub

नेयमार बार्सिलोनासँगको सम्झौता नजिक


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलका स्टार खेलाडी नेयमार पूर्व क्लब बार्सिलोनामा फर्किने पक्कापक्की भएको छ ।

फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेनमा रहेका नेयमार बार्सिलोनामा फर्किने योजनामा रहेको जनाइएको छ । स्पेनिस पत्रिका स्पोटका अनुसार नेयमारले बार्सिलोनासँग ५ वर्षका लागि मौखिक सहमति जनाएको समाचार उल्लेख गरेको छ ।

पछिल्लो समय नेयमार पीएसजीमा हुँदा विभिन्न व्यवहारले आलोचित हुँदै आएका थिए । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुको प्रस्तावमा नेयमारले तुरुन्तै सहमति जनाए लगत्तै उनी बार्सिलोना फर्कने निश्चित भएको हो ।

नेयमार आफ्नो आधा तलब घट्ने शर्तमा समेत बार्सिलोना फर्कन तयार भएका छन् । उनी सन् २०१७ मा क्लब फुटबलका सबै भन्दा महङ्गा खेलाडीको रुपमा फ्रान्सेली क्लब पीएसजीमा आवद्ध भएका हुन् ।

नेयमारले बोकेको चोट र उनको व्यवहारबाट असन्तुष्ट रहेको पीएसजी अन्तिम समयमा क्लब फुटबलका महँगा खेलाडीलाई फिर्ता पठाउन तयार देखिएको हो । पीएसजीसँग अझै केलियन एम्बाप्पे र ईडिन्सन काभानी जस्ता हाईप्रोफाईनलका खेलाडी रहेका छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ५ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन