अपडेट : दोर्जी खोलाको बाढीमा ज्यान गुमाउने २ को परिचय खुल्यो | Khabarhub Khabarhub

अपडेट : दोर्जी खोलाको बाढीमा ज्यान गुमाउने २ को परिचय खुल्यो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ । बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको छ । बाढीमा परेर ७ जना बेपत्ता छन् । ७ जना घाइते भेटिएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा बुधबार दिउँसो करिव ३ बजेतिर आएको ठुलो बाढीमा परेर ४ जनाको मृत्यु भएको हो । बाढीका कारण जलविद्युत आयोजनाहरुका संरचनामा समेत क्षति भएको छ ।

मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ३ जनाको शव नौथर शेरा र १ जनाको शव कीर्तिपुर बेंसीमा फेला परेको हो। घाइते ६ जना माथिल्लो दोर्दी ‘ए’ कै कामदार रहेका छन्। उनीहरुलाई उपचारका लागि बेंसीसहर पुर्‍याइएको छ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक टिबर्टी इनर्जी कम्पनीका सञ्चालक रामबहादुर पाण्डेले बाढीले मानवीय र धनजनको क्षति पुराएको बताए। उनले भने ‘बाढी एक्कासी आयो। हामीले केही गर्नै सकेनौं। यो नसोंचेको घटना भयो’ । उनका अनुसार दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको मेमेपोखरी तल्लो क्षेत्रमा पहिरो गएर नदीको वहाव थुनिएको र एक्कासी बाढी आउँदा तल्लो क्षेत्रमा क्षति पुर्‍याएको हुन सक्ने अनुमान छ ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार उद्धारकार्यमा सुरक्षाकर्मीसँगै जनप्रतिनिधि र स्थानीय खटेका छन्। उनले भने दोर्दीखोलामा आएको बाढीले जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति पुराएको छ । स्थानीय समेत बिस्थापित भएका छन्। सुरक्षार्थ बसेको नेपाली सेनालाई पनि विस्थापित बनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ४४ बजे

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र