अपडेट : दोर्जी खोलाको बाढीमा ज्यान गुमाउने २ को परिचय खुल्यो « Khabarhub

अपडेट : दोर्जी खोलाको बाढीमा ज्यान गुमाउने २ को परिचय खुल्यो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ । बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको छ । बाढीमा परेर ७ जना बेपत्ता छन् । ७ जना घाइते भेटिएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा बुधबार दिउँसो करिव ३ बजेतिर आएको ठुलो बाढीमा परेर ४ जनाको मृत्यु भएको हो । बाढीका कारण जलविद्युत आयोजनाहरुका संरचनामा समेत क्षति भएको छ ।

मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ३ जनाको शव नौथर शेरा र १ जनाको शव कीर्तिपुर बेंसीमा फेला परेको हो। घाइते ६ जना माथिल्लो दोर्दी ‘ए’ कै कामदार रहेका छन्। उनीहरुलाई उपचारका लागि बेंसीसहर पुर्‍याइएको छ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक टिबर्टी इनर्जी कम्पनीका सञ्चालक रामबहादुर पाण्डेले बाढीले मानवीय र धनजनको क्षति पुराएको बताए। उनले भने ‘बाढी एक्कासी आयो। हामीले केही गर्नै सकेनौं। यो नसोंचेको घटना भयो’ । उनका अनुसार दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको मेमेपोखरी तल्लो क्षेत्रमा पहिरो गएर नदीको वहाव थुनिएको र एक्कासी बाढी आउँदा तल्लो क्षेत्रमा क्षति पुर्‍याएको हुन सक्ने अनुमान छ ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार उद्धारकार्यमा सुरक्षाकर्मीसँगै जनप्रतिनिधि र स्थानीय खटेका छन्। उनले भने दोर्दीखोलामा आएको बाढीले जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति पुराएको छ । स्थानीय समेत बिस्थापित भएका छन्। सुरक्षार्थ बसेको नेपाली सेनालाई पनि विस्थापित बनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ४४ बजे

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र

बाढीमा सिन्धुपाल्चोकका डेढ सयजना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब १

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ

काठमाडौं- चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो