बिहानै मापसे गरेर कुदाएको कार पल्टियो « Khabarhub

बिहानै मापसे गरेर कुदाएको कार पल्टियो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मापसे गरेर कुदाएको कार काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ । ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको महानगरीय प्रहरी वृत लैनचौरले जानकारी दिएको छ । महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार तीव्र गतिको कारले सोह्रखुट्टैको ओरालोको जय श्रीकृष्ण चस्मा पसलमा ठोक्किएर सडकमा उत्तानो परेको थियो ।

कार चालक सागरमाथा राई सकुशल छन् । अगाडी आएको दूधको गाडी जोगाउन खोज्दा दुर्घटना भएको उनको भनाई रहेको प्रहरीले जनाएको छ । मापसे गरेर गुडाइएको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रहरीले सडकको बीचमा उत्तानो परेर रहेको कारलाई बिहानै हटाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ५९ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’