यी ३ नायिका, जो प्रेमीसँगको ‘चुम्बन’का कारण विवादमा तानिए « Khabarhub

यी ३ नायिका, जो प्रेमीसँगको ‘चुम्बन’का कारण विवादमा तानिए


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली नायिकाहरुले आफ्नो ब्यायफ्रेन्डसँग सार्वजनिक रुपमै चुम्बन गर्ने विषय खासै नौलो होइन । यतिबेला भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका ब्यायफ्रेन्ड देवांश राणाले चुम्बन गरेका केही तस्वीर सार्वजनिक भएपछि यो धेरैको चासोको विषय बनेको छ ।

तस्वीरहरू सार्वजनिक गरेपछि साम्राज्ञीलाई सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ । तर यसरी तस्वीर आउट गराउने साम्राज्ञी पहिलो नायिका भने होइनन् ।

दुई वर्षअघि नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीलाई एक अवार्ड कार्यक्रममा सार्वजनिक रुपमै चुम्बन गरेकी थिइन् । त्यो चुम्बनले प्रियंकालाई साम्राज्ञीलाई जस्तो विवादमा त ल्याएन । तर त्यो अप्रत्यासित भएको धेरैको भनाइ थियो ।

राजधानीमा भएको एक अवार्ड समारोहमा आमासँगै आएकी प्रियंकाले अवार्ड समारोहमा आयुष्मानलाई चुम्बन गरेकी थिइन् । अवार्ड समारोहमा नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन भएपछि प्रियंकाले चुम्बन गरेकी थिइन् । सामाजिक सञ्जालमा पनि आयुष्मानसँगको सामीप्यता शेयर गरिरहेकी हुन्छिन् उनले ।

प्रियंकाले मात्र होइन, यसअघि नायिका आना शर्माले पनि आफ्ना ब्यायफ्रेन्डसँगको चुम्बन सार्वजनिक गरेकी थिइन् । फिल्मी करिअरमा खासै सफल बन्न नसकेकी आना यही चुम्बनका कारण चर्चामा आइन् । पछि चर्चा आफै सेलायो ।

आनाले आफ्ना प्रेमी सोनाम छिरिङ शेर्पासँग चुम्बन गरेको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

यी दुई घटनालाई बिर्साउने गरी अहिले साम्राज्ञी शाहको चर्चा चुलिएको छ । चर्चा यति धेरै किन पनि भइरहेको छ भने साम्राज्ञी र उनका प्रेमी देवांश विदा मनाउन इन्डोनेसियाको बाली पुगेका थिए । त्यहाँ उनीहरुले समुद्री तटमा रोमान्स गरिरहेका तस्वीर शेयर गरेका थिए । जुन तस्वीरले साम्राज्ञीलाई विवादको चुचुरोमा पु–याएको छ । शायद, उनका तस्वीर अलि बढी नै अपाच्य लाग्यो दर्शकलाई ।

 

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ५५ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ