गोरखाको ओडारमा भेटियो १६ किलो सुन « Khabarhub

गोरखाको ओडारमा भेटियो १६ किलो सुन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– ओडारमा लुखाएको अवस्थामा गोरखामा १६ किलो सुन फेला परेको छ । जिल्लाको धार्चे गाउँपालिकाअन्तर्गत खोर्लाबेसीमा ओडारमा लुकाएको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मनास्लु पदमार्गअन्तर्ग पर्ने ओडारभित्र लुकाइराखेको अवस्थामा १६ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

तिब्बतबाट ल्याएको सुन ओडारमा लुकाएको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकमल गुरुङ छन् ।

उनी २७ दिन अगाडिदेखि गाउँमा देखिएका थिएनन् । स्थानीयले प्रहरीलाई दिएको सूचनाका अनुसार उनले तिब्बतबाट खच्चडमा १६ किलो सुन ल्याएर आएका थिए ।

आफूले ल्याएको सुन लुटिने आशंकामा उनले ओडारमा लुकाएको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : १७ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार