‘शिक्षामा व्यापक क्रान्ति र छलफल आवश्यक’ « Khabarhub

‘शिक्षामा व्यापक क्रान्ति र छलफल आवश्यक’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षामा व्यापक क्रान्ति र छलफल आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’मा मन्त्री पोखरेलले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताए ।

‘शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्,’ शिक्षामन्त्री पोखरेलले भने, ‘यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ ।’ विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उनको भनाइ छ ।

समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने बताए । उनले हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको बताए ।

‘सार्वजनिक विद्यालयको सवलीकरणमा आजको प्राथमिकता’ भन्ने उद्देश्य बोकेको सो सम्मेलनले शिक्षामा भित्रिएको प्रक्रिया, आयात र निर्यातलाई बुझ्न जरुरी रहेको मन्त्री पोखरेलले बताए । सरकारले २०७६ देखि २०८५ साल सम्मलाई ‘सार्वजनिक विद्यालय सवलिकरण’ घोषणा गरिसकेको उनले जानकारी दिए ।

सरकारले नेपालको जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या ५ सयभन्दा बढी भएमा त्यसले १० प्रतिशत, विद्यार्थी सङ्ख्या ८ सयभन्दा बढी भएमा १२ प्रतिशत र विद्यार्थी सङ्ख्या ८ सयभन्दा बढी भएमा १५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने घोषणा गर्नु्पर्ने उनले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ३२ बजे

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा