प्रहरीले मोबाइल लग्यो भनेर प्रहरीलाई नै फोन गरेपछि… « Khabarhub

प्रहरीले मोबाइल लग्यो भनेर प्रहरीलाई नै फोन गरेपछि…


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आफ्नो मोबाइल प्रहरीले लग्यो भन्दै प्रहरीकै कन्ट्रोल रुममा फोन गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको स्यूचाटार बस्ने २५ वर्षीय आकाश भट्टराई छन् ।

प्रहरीका अनुसार आकाशले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित दूर्गा मन्दिरबाट आफ्नो मोबाइल प्रहरीले लगेको भन्दै प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर)मा फोन गरेका थिए ।

आकाशको फोनपछि प्रहरीले उनको मोबाइलबारे खोजी गरेको थियो । तर, पछि उक्त मोबाइल आकाशले आफ्नै साथीलाई दिएको भेटिएको छ ।

आफ्नो साथीलाई दिएको मोबाइल प्रहरीले जफत गरेको भनेर प्रहरीलाई नै गलत सूचना दिएको अभियोगमा आकाश पक्राउ परेका हुन् ।

प्रहरीले आकाशमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : २७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर