राजश्व चुहावट नियन्त्रणका लागि ऐन बनाउन सुझाव « Khabarhub

राजश्व चुहावट नियन्त्रणका लागि ऐन बनाउन सुझाव


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्व सम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आइतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जादा सहज वातावरण बनाउनेतर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे । २०५२ साल देखि नै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दे राजश्व चुहावट भन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए ।

समितिले आइतबार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५ माथि छलफल गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : २६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन