राजश्व चुहावट नियन्त्रणका लागि ऐन बनाउन सुझाव « Khabarhub

राजश्व चुहावट नियन्त्रणका लागि ऐन बनाउन सुझाव


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्व सम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आइतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जादा सहज वातावरण बनाउनेतर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे । २०५२ साल देखि नै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दे राजश्व चुहावट भन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए ।

समितिले आइतबार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५ माथि छलफल गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै