कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ३ सय बढी घाइते « Khabarhub

कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ३ सय बढी घाइते


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामाबाद तथा पाकिस्तान प्रशासित कश्मीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेका संख्या २२ पुगेको छ ।

पाकिस्तानको प्रशासित कश्मीरमा २२ जनाको मृत्यु भएको हो भने ३ सय भन्दा बढी घाइते भएका छन् । कश्मीरको मीरपुरका प्रहरी अधिकारी गुलफराज खानले जनाए अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको हो ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार कश्मीरको रावलपिण्डीलाई केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्प गएको केही समय पछि पाकिस्तानको राजधानी इस्लामावादमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो । उक्त भूकम्प कश्मीर भूकम्पको पराकम्प भएको जनाइएको छ ।

भूकम्प गएको २४ घण्टासम्म भूकम्पको पराकम्प आउने भएका कारण स्थानीयलाई सचेत गराइएको छ ।

भूकम्पको असर कश्मीरलगायत पाकिस्तानको राजधानी इस्लामाबाद, लाहोर, पेशावर लगायतका क्षेत्रमा परेको छ ।

भूकम्पका कारण कश्मीरको जातला इलाकामा २ सय ५० बढी घरमा क्षति पुगेको छ । भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा राहतमा पाकिस्तानी सेना खटिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : १२ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र