इटालियन बुक्यानिर-२५० को मूल्य कति पर्छ नेपाली बजारमा ? « Khabarhub

इटालियन बुक्यानिर-२५० को मूल्य कति पर्छ नेपाली बजारमा ?


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा क्लासिक लुक भएको इटालियन मोटरसाइकल भित्रिएको छ । इटालियन कम्पनी इटलजेटको बुक्यानिर २५० आइ मोटरसाइकल भित्र्याइएको हो ।

केही दिन यता यो बाइकको माग बजामार बढ्दो देखिएको छ । यो बाइकमा २५०सीसी भि–ट्वीन ४ स्ट्रोक इन्जिन लगाइएको छ । यसमा उपलब्ध फ्युल इन्जेक्टेड एयरकुल्ड एसओएसी इन्जिनले ८ हजार आरपीएममा १४ किलोवाट पावरका साथै ६ हजार आरपीएममा १९ एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा पाँच स्पीड गियरबक्स दिइएको छ । १४ लिटर क्षमताको फ्युल ट्यांकी भएको यो बाइकको तौल १२८ किलोग्राम रहेको छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ ।

लम्बाई २०६० एमएम, चौडाई ७५० एमएम, उचाई १०९० एमएम भएको बाइकको ह्वीलवेश १४४० एमएम रहेको छ । यसको सिट हाइट भने ८२० एमएम रहेको छ । यसको अगाडि चक्कामा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन लगाइएको छ भने रियरमा हाइड्रोलिक मनोशक दिइएको छ । नेपाली बजारमा यो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्दै आएको छ । यो बाइक नेपाली बजारमा ५ लाख ६१ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिघन्टा १३१ किलोमिटरको टप स्पीड क्षमता भएको इटलजेट २५० आइले एक लिटरमा ३० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा आकर्षक प्रोजेक्टर हेडल्याम्प, पाइलट ल्याम्प, एलइडी टेललाइट लगायतका विभिन्न विशेषता दिइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : २० बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा