इटालियन बुक्यानिर-२५० को मूल्य कति पर्छ नेपाली बजारमा ? | Khabarhub Khabarhub

इटालियन बुक्यानिर-२५० को मूल्य कति पर्छ नेपाली बजारमा ?


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा क्लासिक लुक भएको इटालियन मोटरसाइकल भित्रिएको छ । इटालियन कम्पनी इटलजेटको बुक्यानिर २५० आइ मोटरसाइकल भित्र्याइएको हो ।

केही दिन यता यो बाइकको माग बजामार बढ्दो देखिएको छ । यो बाइकमा २५०सीसी भि–ट्वीन ४ स्ट्रोक इन्जिन लगाइएको छ । यसमा उपलब्ध फ्युल इन्जेक्टेड एयरकुल्ड एसओएसी इन्जिनले ८ हजार आरपीएममा १४ किलोवाट पावरका साथै ६ हजार आरपीएममा १९ एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा पाँच स्पीड गियरबक्स दिइएको छ । १४ लिटर क्षमताको फ्युल ट्यांकी भएको यो बाइकको तौल १२८ किलोग्राम रहेको छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ ।

लम्बाई २०६० एमएम, चौडाई ७५० एमएम, उचाई १०९० एमएम भएको बाइकको ह्वीलवेश १४४० एमएम रहेको छ । यसको सिट हाइट भने ८२० एमएम रहेको छ । यसको अगाडि चक्कामा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन लगाइएको छ भने रियरमा हाइड्रोलिक मनोशक दिइएको छ । नेपाली बजारमा यो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्दै आएको छ । यो बाइक नेपाली बजारमा ५ लाख ६१ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिघन्टा १३१ किलोमिटरको टप स्पीड क्षमता भएको इटलजेट २५० आइले एक लिटरमा ३० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा आकर्षक प्रोजेक्टर हेडल्याम्प, पाइलट ल्याम्प, एलइडी टेललाइट लगायतका विभिन्न विशेषता दिइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : २० बजे

युवतीको मृत्युपछि ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी

लौरो टेक्दै उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय

क्यान्सरको प्रकार थाहा पाउने ‘आईएचसी’ उपकरण सञ्चालनमा

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को