प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन, कैद तथा सजाय माग | Khabarhub Khabarhub

प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन, कैद तथा सजाय माग


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि लागेको बलात्कार प्रयाससम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महारामाथिको मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए । २० दिन लगाएर तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको उनले बताए ।

महारालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको स्रोतले बतायो ।

अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ । मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलको कार्यालयलाई छ । यस सम्बन्धीको निर्णय भने शुक्रबार आउने सम्भावना कम रहेको स्रोतको भनाइ छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी साहीमाथि बलात्कार प्रयासको आरोपमा उनलाई गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो ।

गत असोज १२ गते राति शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महारामाथि किटानी जाहेरी परेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ४ : ३९ बजे

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं– सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत

म्याग्दीको तोराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको

जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न