वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टीः पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टीः पूर्वप्रधानमन्त्री भट्टराई


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा सोमबार पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टीे नयाँ सोचका साथ राजनीतिमा आएको बताए ।

जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उनले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गरे ।

चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं १६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसद्मा पुगी आफ्नै देशमा उपयोग गर्ने बताए।

जनताले मौका दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जालझेल र झुठको राजनीति कहिल्यै नगर्ने विश्वास व्यक्त गरे । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ५५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।