टीभीएसका दुई चर्चित बाइक नेपाल भित्र्याइँदै « Khabarhub

टीभीएसका दुई चर्चित बाइक नेपाल भित्र्याइँदै


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकलहरु एबीएससहित सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाली बजारमा सर्वाधिक सफल मानिएको टीभीएस १६० र २०० को ४ भी भर्सन अब केही समय पश्चात् एबीएससहित  नेपाल ल्याउन लागेको हो ।

टीभीएसका यी दुई मोडल हाल बजारमा नन् एबीएस भर्सनमा बिक्री भइरहेको छ । यी मोटरसाइकल २०२० को सुरुवातमा सार्वजनिक गर्ने तयारी भइरहेको टीभीएसले जनाएको छ ।

भारतीय बजारमा अप्रिल २०१९ देखि १२५ सीसीभन्दा माथिका मोटरसाइकलमा एबीएस अनिवार्य गरे पश्चात् नेपाल आउने मोटरसाइकलहरु पनि एबीएस भर्सनमा आउन सुरु गरेका हुन् ।

एबीएससहितको मोटरसाइकलहरु हालको नन् एबीएस भर्सनभन्दा केही महंगो हुने छ । सुरक्षाको दृष्टिकोणले एबीएस भएका मोटरसाइकल सुरक्षित हुने गर्छन् ।

टीभीएसले हाल बिक्री गर्दै आएको आरआर ३१० एबीएस भर्सनमा रहेको छ भने, अपाचे आरटीआर १६०, १६० ४ भी, २०० ४ भी नन् एबीएस भर्सनमा रहेको छ ।

हाल अपाचे आरटीआर २०० ४ भीको मूल्य ३ लाख २४ हजार ९ सय रहेको छ भने, आरटीआर १६० ४ भी २ लाख ८९ हजार ९ सय रहेको छ । यी मोटरसाइकल एबीएस भर्सनमा आउँदा १० हजार मूल्य बढ्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ३२ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर