क्याटलोनियाको इआरसीले स्पेनको नयाँ सरकारलाई सहयोग गर्ने « Khabarhub

क्याटलोनियाको इआरसीले स्पेनको नयाँ सरकारलाई सहयोग गर्ने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको सबै भन्दा ठूलो पार्टीले स्पेनको नयाँ सरकारलाई समर्थन गर्ने भएको छ।

क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र बनाउनु पर्ने माग गर्दै आएको पार्टी एस्क्वेरा रिपब्लिकाना डी क्याटालुनिया (इआरसी) ले स्वतन्त्रता सम्बन्धी वार्तामा फर्किनलाई सरकारको समर्थन गर्ने निर्णय गरेको हो ।

सोसल डेमोक्र्याटिक पार्टी इआरसीका ९५ प्रतिशत सदस्यले सरकारलाई समर्थन गर्ने पक्षमा मत दिएका हुन् । अब नोभेम्बरमा भएको चुनावमा बहुमत ल्याउन नसकेको सोसलिस्ट पार्टी नेतृत्वको सरकारका लागि किङ्गमेकर बन्न सक्ने छ ।

सोसलिस्टले एन्टी–क्यापिटलिस्ट पार्टी पोडेमोससँग पनि गठबन्धन बनाउने क्रम जारी राखेको छ । सोसलिस्टको १२० तथा पोडेमोसको ३५ गरेर १५५ सिट पुगे पनि सरकार बनाउनका लागि चाहिने १७६ सिट भन्दा कम हो ।

तर इआरसीले समर्थन गर्ने बताएपछि बहुमतको नजिक पुग्ने देखिएको छ । इआरसीको १३ सांसद छन् । अरु वामपन्थी पार्टीले पनि समर्थन गर्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : १७ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट