भृकुटीमण्डपको ‘जुत्ता मेला’मा ७० प्रतिशतसम्म छुट ! « Khabarhub

भृकुटीमण्डपको ‘जुत्ता मेला’मा ७० प्रतिशतसम्म छुट !


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डमा जारी ‘जुत्ता चप्पल व्यापार मेला’मा जुत्ता चप्पल किन्ने ग्राहकको भीड लागेको हो ।

गत मंसिर ६ गतेदेखि शुरु भएको मेलामा दैनिक हजारौंको संख्यामा ग्राहकहरुको भीड लाग्ने गरेको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल राखिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले जानकारी दिए ।

उनले भने,‘ ‘मेलाको उद्देश्य भनेको ग्राहक सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएका छौं । मेलामा ग्राहकमहानुभावहरुको दिनप्रतिदिन आकर्षणमा बढ्दो छ ।’

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । उपभोक्ताले जुत्ता चप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुज समेत राखिएको उपाध्यायले जानकारी दिए । महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ४९ बजे

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौं- नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली- कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका

काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२