‘बागी ३’ को शूटिङका क्रममा टाइगर श्राफलाई लाग्यो चोट « Khabarhub

‘बागी ३’ को शूटिङका क्रममा टाइगर श्राफलाई लाग्यो चोट


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता टाइगर श्राफका लागि यो वर्ष फलिफापको वर्ष भएको छ । उनको फिल्म ‘वार’ ले बक्स अफिसमा रेकर्ड तोडेको थियो ।

यतिबेला टाइगर फिल्म ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । उनलाई यो फिल्ममा पनि एक्सन अवतारमा देख्न सकिनेछ ।

टाइगरलाई फिल्मको शूटिङका दौरान चोट लागेको छ । यो खबर टाइगर आफैले दिएका छन् । टाइगरले आफू घाइते भएको तस्वीर शेयर गरेर फ्यानलाई यसबारेमा जानकारी दिएका हुन् ।

टाइगरले तस्वीर शेयर गर्दै लेखेका छन् – ब्याटलफिल्डमा सामान्य कट्स र चोटको पहिलो सेट । आशा छ, यही नै अन्तिम हुनेछ । जबसम्म मैले नुहाउने छैन, त्यतिबेलासम्म यो देखिने छैन ।

 

View this post on Instagram

 

First set of scrapes and minor cuts from the battlefield..and hopefully last?doesnt look or feel like much until I take a shower?? #baaghi3

A post shared by Tiger Shroff (@tigerjackieshroff) on

उनको पोस्टमा फ्यानले कमेन्ट गरेका छन् । फ्यानले टाइगरलाई आफ्नो ख्याल गर्नसमेत अनुरोध गरेका छन् । टाइगरको सिक्स प्याक बडीका कारण पुरुष फ्यान पनि उत्तिकै छन् ।

टाइगरको हिट फिल्म ‘बागी’ सन २०१६ मा रिलिज भएको थियो । यो फिल्मपछि टाइगर श्राफको खुबै चर्चा भएको थियो । त्यसपछि सन् २०१८ मा यसको दोस्रो भाग रिलिज भएको थियो ।

एक्सन थ्रीलर ‘बागी ३’ लाई अहमद खानले निर्देशन गरिरहेका छन् । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । यो फिल्म सन् २०१२ मा प्रदर्शनमा आएको तमिल फिल्म ‘बेट्टाई’ को रिमेक हो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ४७ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री