‘पत्रकार’सँग ३० हजार घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ « Khabarhub

‘पत्रकार’सँग ३० हजार घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार (पत्रिका सञ्चाल गर्ने व्यक्ति)सँग नै घुस माग्ने नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पत्रिकामा विज्ञापन प्रकाशिन गरेवापतको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरलाका अनुसार लेखापाल घिमिरे र लेखापाल केसीले नगरपालिकामार्फत प्रकाशित÷प्रसारित सूचना तथा विज्ञापनको भुक्तानी दिन लाग्दा घुस मागेका थिए ।

पूर्व सूचनाका आधारमा बुधबार नगरपालिकाको कार्यालय पुगेको अख्तियारको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : १० बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन