गोकर्ण रिसोर्टको सम्झौता नवीकरण विगतदेखिकै प्रक्रियाका आधारमा: उपप्रधानमन्त्री « Khabarhub

गोकर्ण रिसोर्टको सम्झौता नवीकरण विगतदेखिकै प्रक्रियाका आधारमा: उपप्रधानमन्त्री


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उठेका विषयबारे वक्तव्य दिँदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइएजस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गरे ।

नेपाल ट्रष्टको कार्यालय र रिसोर्ट सञ्चालक कम्पनी यति होल्डिङ्ग्सबीचको सम्झौता अवधि पाँच वर्ष बाँकी रहेको अवस्थामा रिसोर्टले लगानीसहित नयाँ संरचना बनाउन थालेकाले उसको मागबमोजिम सरकारले ५० वर्षका लागि नवीकरणको निर्णय गरेको थियो ।

उक्त कम्पनीसँग शुरुमा २०६६ वैशाख ५ मा सम्झौता भएको थियो । ट्रष्टको २०७० माघ २६ को निर्णयबाट लिज सम्झौता नवीकरणको निर्णय भएको थियो ।

ट्रष्टको ऐनमा प्रधानमन्त्रीले तोकेको मन्त्री ट्रष्टको अध्यक्ष हुन सक्ने कानूनी प्रावधानअनुसार आफू ट्रष्टको अध्यक्ष भएको स्पष्ट गर्दै उनले भने, “केही गडबड होला भनेर सचेत गराउनु राम्रो हो तर यसमा यथार्थ र तथ्यबहरु बुझेर कुरा आओस् भन्ने हामी चाहान्छौ । यसमा प्रधानमन्त्री र मेरो नाम जोडेर जे कुरा बाहिर आएका छन्, त्यो सत्य होइन । हामी केही समयपछि उक्त सम्झौताबारे श्वेतपत्र जारी गर्ने तयारीमा छौँ ।”

विसं २०७६ वैशाख १० मा रिसोर्टले नयाँ संरचना निर्माणको थालनीसँगै ३० वर्षको लिज अवधि थपका लागि नयाँ भाडादरसहित प्रस्ताव पेस गरेको जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले ट्रष्टले सम्झौता पुनरावालोकनका लागि गठन गरेको कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको बताए । उनले चार्टर एकाउन्टेन्ट संस्था, नेपाल पर्यटन बोर्ड र गोकर्णेश्वर नगरपालिकासँगसमेत फेयर मार्केट भ्याल्यु मूल्याङ्कन तथा वातावरणीय पक्षबारे जानकारी लिइएको पनि स्पष्ट गरे ।

उनले पुरानो सम्झौताअनुसार बाँकी पाँच वर्षको अवधिमा थप रु साढे चार करोड ८३ हजार रकम आउने र यसबाट अप्रत्यक्ष लाभका रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र सम्पतिको संरक्षण हुने जनाए ।

उनले ट्रष्टको सम्पत्तिको अभिलेखललाई व्यवस्थित गर्ने प्रक्रिया शुरु भएको पनि जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको वक्तव्यमा थप स्पष्ट हुन सांसद्हरुले पुरक प्रश्न गरेका थिए । राष्ट्रियसभामा यस प्रकारको प्रश्नोत्तर आज पहिलो पटक अभ्यास भएको हो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : ५८ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी