वडाध्यक्षको नेतृत्वमा राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी « Khabarhub

वडाध्यक्षको नेतृत्वमा राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो ।

विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह र वडा नम्बर ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा कार्यालयमा तालाबन्दी भएको हो ।

गाउँपालिकाले नियमविपरीत काम गरेको र पूर्वाग्रही ढङ्गले योजनाको बाँडफाँट गरेको विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई पटकपटक लिखित आग्रह गर्दासमेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष सिंहले बताए ।

आर्थिक वर्ष २०७४÷०७५ तथा २०७५÷०७६ को आयव्याय सार्वजनिक गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । गत पुस २ गते बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकका सम्बन्धमा समयमा जानकारी नदिएको, बैठकको निर्णय सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ ।

विभिन्न चरणमा आयव्यय विवरण पास गर्नुपर्ने भए पनि नियमविपरीत आफूखुशी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधि खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्षलगायतका स्थानीय जनप्रतिनिधिसमेतलाई जानकारी नदिई आफूखुशी समिति गठन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि गत मङ्सिर २९ गतेदेखि डाकनेश्वरी नगरपालिकाको कार्यालयमा युवाले तालाबन्दी गरी विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै युवाले भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १० : ३० बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित