के हो मस्तिष्कघात? रोकथाम कसरी गर्ने? « Khabarhub

के हो मस्तिष्कघात? रोकथाम कसरी गर्ने?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मस्तिष्कलाई साधारण भाषामा दिमाग भनिन्छ । यो स्नायु प्रणालीको महत्वपुर्ण अङ्ग हो । मस्तिष्क केन्द्रिय स्नायु प्रणाली को सञ्चालक पनि हो। यसको सुरक्षा खप्परले गर्छ। यो सबै ढाड भएको र केही ढाड नभएको जीवहरुमा पाईन्छ । ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङग हो। यो अंग हेराई ,बोलाई, सुनाई ,स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र पनि हो।

मस्तिष्क कै कारण मानिस सर्वोश्रेष्ठ प्राणी पनि हो । तर पछिल्लो समय मानिसमा मस्तिष्कघातको समस्या बढ्न थालेको छ । मस्तिष्कका विशेष भागहरुमा रगतको प्रवाहमा बाधा पर्दा मस्तिष्कघात हुन्छ ।  रक्तनलीमा अवरोध उत्पन्न हुदा वा रक्तश्रावको कारणले मस्तिष्कघात हुने गर्दछ ।

मुटुको धड्कनमा हुने गढबढीले रक्तनलीमा रगतको थेग्रो जम्न गई  रक्तनली पूर्णरुपले बन्द हुन्छ । सो रक्तनली फुट्दा मस्तिष्कमा रगत जम्दछ र सुनिन थाल्छ । जमेको रगतले मस्तिष्कका प्रमुख भागहरुलाई थिच्ने गर्दछ । उच्च रक्तचाप, मुटुको धड्कनमा हुने गडबडी, रगतमा बढी चिल्लोपना र मधुमेह जस्ता रोगहरुले हृदयघात हुने जोखिमलाई बढाउँछ ।

अनियन्त्रित उच्च रक्तचापका कारण मस्तिष्कभित्र रक्तनली फुट्न गई रक्तश्राव हुन्छ । यसबाहेक टाउकोमा चोट लाग्दा, साधरण तरिकाबाट रगत जम्ने प्रवृत्तिलाई कम गर्ने खालका औषधीको सेवन गर्दा मस्तिष्कका रक्तनलीहरुको संरचनात्मक असर पर्छ । मस्तिष्कका विभिन्न भागहरुमा शरीरका विभिन्न अंगहरुको नियन्त्रण गर्ने हुनाले, विशेष लक्षणहरुले मस्तिष्कको कुन भागमा असर परेको छ भन्ने कुराको निर्धारण गर्दछ ।

मस्तिष्कघातका लक्षण
–अचानक गम्भीर रुपमा टाउको दुख्नु,

–अचानक कमजोरी महशुस गर्नु र शरीरको कुनै अंग (जस्तैः पाखुरा वा खुट्टा) वा शरीरको पूरै भाग (जस्तैः शरीरको पूरै दाहिने वा देब्रे भाग) चलाउन नसक्नु

– मुखको एक भाग एकातिर बाङगिनु,

– बोल्न नसक्नु,

– दिसा–पिसाबमा नियन्त्रण नहुनु

मस्तिष्कघात भएको व्यक्तिलाई तत्काल उपचारको जरुरत पर्छ । त्यसैले यस्ता लक्षण देखिएमा बिरामीलाई तुरुन्तै अस्पताल लानुपर्छ । मस्तिष्कघातका बिरामीलाई संक्रमण रोगहरुबाट बचाउनुपर्छ ।

रोकथाम कसरी गर्ने ?
मस्तिष्कघात अस्वस्थकर जीवनशैलीका कारण पनि हुने गर्छ । त्यसैले यो रोगबाट बच्न जीवनशैलीलाई परिवर्तन गर्नैपर्ने हुन्छ ।  मस्तिष्कघातबाट बच्न नियमित शारीरिक व्यायाम गर्नुपर्छ । धुम्रपान गर्नु हुँदैन ।

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल र मुटु सम्बन्धी समस्याको नियमित परीक्षण गर्नुपर्छ । यस्ता समस्या भएका चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ४५ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड