४० हजार घुससहित वरिष्ठ पशु विकास अधिकृत पक्राउ « Khabarhub

४० हजार घुससहित वरिष्ठ पशु विकास अधिकृत पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जनकपुरधाम– धनुषाको जनकपुरधामस्थित राईजोवियम तथा घाँसेबारी बीउ विजन प्रयोगशालाका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

निर्माण सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले यादव र चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई घुस लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका–४ विसाहाराबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ५५ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका