असुरक्षित बन्दै तराईका चेली, प्रदेश २ को बेटी बचाउ अभियान नारा मात्रै! « Khabarhub

असुरक्षित बन्दै तराईका चेली, प्रदेश २ को बेटी बचाउ अभियान नारा मात्रै!


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश २ सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’लाई प्रदेशकै अभियानका रुपमा अघि बढाएको छ । तर, तराई मधेशका चेलीहरु विभिन्न बहानामा हिंसाको सिकारमात्र भएका छैनन् । जिउँदै जले ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

कहिले दाइजोका नाममा त कहिले अन्य बहानामा परिवारकै सदस्यले लगाएको आगोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

धनुषामा एक नवविवाहिता चेली निर्मला यादवलाई आफ्नै श्रीमानले ज्यूदै जलाएको घटनाको दुई हप्ता बित्न नपाउँदै सिरहा नगरपालिका ८ की कञ्चनदेवी मण्डल खत्वे पनि त्यही सिकार भएकी छन् । घरायसी विवादपछि उनका श्रीमान र सासु मिलेर कञ्चनको जिउमा आगो लगाइएको थियो । उनको ८० प्रतिशत शरीरको भाग जलेको छ ।

२१ वर्षकी उनको अवस्था अहिले गम्भीर छ। बिहीबार घरमा भएको सामान्य विवादपछि यो घटना घटेको हो ।

घटनापछि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका श्रीमान बेचन मण्डल खत्वे भने फरार रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको छ।

गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकाी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टी तेल खन्याएर आगो लगाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : १५ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड