साम्राज्ञीको भन्दा सुहानाको अभिनय राम्रो: भुवन केसी « Khabarhub

साम्राज्ञीको भन्दा सुहानाको अभिनय राम्रो: भुवन केसी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसीलाई सदाबहार नायक पनि भनिन्छ । पछिल्लो समय ‘क्याप्टेन’ का बेलामा मिडियामा छाइरहेका थिए । त्यसपछि भने उनी मिडियाबाट केही टाढा थिए । बिहीवार भने उनी फिल्म ‘ए मेरो हजुर ३’ को सेलिब्रेटी शो मा उपस्थित भए । कलाकारसँगै फिल्म हेरिसकेपछि अभिनेता केसीले तुलना गर्न नमिल्ने भए पनि सुहानाको काम तारिफयोग्य भएको बताए ।

‘यो फिल्मलाई सुहानाको पहिलो फिल्म भन्न मिल्दैन, यस्तो लाग्छ कि उनले यसअघि २० वटा फिल्ममा काम गरिसकेकी छिन्,’ भुवनले भने, ‘यो फिल्ममा कमेडी, भावना सबै छ, पहिलो कलाकारलाई यस्तो भूमिकामा काम गर्न गाह्रो हुन्छ, सुहानाले राम्रो गरेकी छिन् ।’

साथै उनले सबै कलाकारको आफ्नो स्टाइल हुने धारणा राखे । ‘जुन चीज हिट हो, त्यही फिट हो, दर्शकले नै मन पराएपछि त्यो सुपरहिट हुन्छ, म आफू पनि खुशी छु ।’, उनले भने ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र सुहाना थापामा कसको राम्रो राम्रो भनेर पत्रकारले सोधेको प्रश्नमा अभिनेता भुवनले दुईको तुलना गर्न नमिल्ने बताए । ‘मैले साम्राज्ञी र सुहानाको तुलना गर्न मिल्दैन, साम्राज्ञीले ‘ड्रिम्स’ मा पनि राम्रो भूमिका निभाएको छ तर ‘ए मेरो हजुर ३’ मा सुहानाले अझै फरक भूमिका निभाएको छ, यस हिसाबले सुहानाको काम राम्रो छ ।,’ केसीले भने ।

फिल्म ‘ए मेरो हजुर ३’ मा भुवन केसीका छोरा अनमोल केसी र निर्देशक झरना थापाकी छोरी सुहाना थापाको शीर्ष भूमिका छ । फिल्ममा अनमोल र सुहानाले प्रेम र आर्याको भूमिका निभाएका छन् । दर्शकले यी दुईको अनस्किृन जोडीलाई रुचाएका छन् । फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् भने निर्माण सुनीलकुमार थापाले गरेका हुन् ।

फिल्म चैत्र २९ गतेबाट प्रदर्शन भएको थियो । समीक्षात्मक रुपमा औसत भनिएको यो फिल्मले हलमा भने दर्शक तान्न सफल भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ३० बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)