भूमाफियाले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने « Khabarhub

भूमाफियाले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो । विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग गठनको तयारी भएको मन्त्री पद्ममाकुमारी अर्यालले बताइन् ।

सो आयोगले हाल चर्चामा रहेको बालुवाटारको ललिता निवासलगायत देशभरको स्थितिको अध्ययन गरी छ महीनाभित्र सबै समस्याको पहिचान गरेर सरकारलाई प्रतिवेदन दिनेछ । मन्त्रालयमा हाल उपत्यकास्थित विभिन्न मालमोत कार्यालयबाट त्यस्ता अनियमितताका फाइल आउन थालेको छ ।

गत चैत ७ गते स्वीकृत राष्ट्रिय भूमि नीति, २०७५ मा सरकारी जग्गाको संरक्षण र भूमिको उपयोग गर्ने उद्देश्य लिएकाले सरकारले व्यक्ति वा समूहले हडपेका जग्गालाई सरकारी नाममा फिर्ता ल्याउन पहल थालेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : ४१ बजे

विश्वकपमा मेसीको कीर्तिमानी ह्याट्रिक: रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ