वामपन्थी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने मनमोहनले देखाए– प्रधानमन्त्री ओली « Khabarhub

वामपन्थी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने मनमोहनले देखाए– प्रधानमन्त्री ओली


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानले शुक्रवार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा प्रधानमन्त्री ओलीले अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको विचार व्यक्त गर्दै सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको बताए । उनले अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याएको योगदानको चर्चा गर्दै भने “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएका काम निकै महत्वपूर्ण थिए ।”

तत्कालीन नेकपा एमालेका अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ओलीलेएकातिर राजतन्त्रको शक्ति पुनस्थापना गर्ने चाहना र अर्कातिर जनयुद्धको तयारीबीच अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको र उनीपछिको पार्टी नेतृत्वले पनि ती दुवै चुनौती सामना गरेको भनाइ राखे । वर्तमान सरकार अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्दै उनले भने, “विभिन्न कानून निर्माणमार्फत मुलुक संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”

सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीदास मानन्धरले नेपालको वाम आन्दोलनमा अधिकारीको भूमिका अनुकरणीय रहेको बताए । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : ५६ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी