बेल्ट एण्ड रोड फोरममा राष्ट्रपति भण्डारीको सम्बोधन– २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छौं « Khabarhub

बेल्ट एण्ड रोड फोरममा राष्ट्रपति भण्डारीको सम्बोधन– २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छौं


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छिन् ।

अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज चीनमा आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन् ।

उनले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्ट गरिन् । “अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने होे”, उनले भनिन् ।

नेपाल–चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक सञ्जालकोे विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने धारणा उनले व्यक्त गरिन् ।

उनले बिएण्डआर सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्वपूर्ण ढाँचा भएको र आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति तथा समृद्ध सभ्यतायुक्त एशियाले समृद्ध विश्वको भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यसको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले चिनियाँ राष्ट्रपति सी चीन फिङको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणामार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने दूरदृष्टिले विशाल सम्भावना बोकेको बताउँदै भनिन्, “यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकाकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्छ । विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।”

राष्ट्रपति भण्डारीले आफूले बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको बताउँदै कार्यक्रममा सहभागिता तथा तथा न्यानो आतिथ्यका लागि चिनियाँ राष्ट्रपतिलाई धन्यवाद ज्ञापनका साथ जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाई व्यक्त गरिन् । बैठकमा कम्बोडिया, सिङ्गापुर, फिलिपिन्स, थाइल्यान्ड, ग्रीस, इथियोपिया र म्यान्माका नेताहरुले पनि बोलेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : २४ बजे

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन