बजेट निर्माणका सन्दर्भमा सुझाव दिन अर्थ मन्त्रालयको आह्वान « Khabarhub

बजेट निर्माणका सन्दर्भमा सुझाव दिन अर्थ मन्त्रालयको आह्वान


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम शुरु गरेको छ ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङअनुसार बजेट निर्माणको काममा जुटेको मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले  वार्षिक बजेट तथा राजस्व नीति तथा कार्यक्रम तर्जुमाको काम समेत शुरु गरको छ ।

मन्त्रालयले बजेट निर्माणका क्रममा आगामी आर्थिक वर्षको आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि बनाइने राजस्व नीति, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर तथा राजस्व चुहावटका विषयमा सुझाव समेत मागेको छ ।

विभिन्न १० वटा उपसमिति बनाएर सुझाव समेत संकलन गरिने र सुझाव अनुसार बजेट निर्माण गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकले समेत यसैसाता बजेटमा समावेश गर्नुपर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरेको थियो । बैकले लिएको सुझाव समेटेर अर्थ मन्त्रालयलाई प्रतिवेदनका रुपमा हस्तान्तरण गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : १३ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल