राष्ट्रपति भण्डारी चिनियाँ समकक्षीद्वारा आयोजित रात्रिभोजमा सरिक « Khabarhub

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षीद्वारा आयोजित रात्रिभोजमा सरिक


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन – राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सि चिनफिङले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन् ।

सो अवसरमा ‘बिआरआई’ मा संलग्न मुलुकका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालको अन्नपूर्ण, माछापुच्छ्रे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

रात्रिभोजमा ठूलो सङ्ख्यामा विदेशी अतिथिको उपस्थिति थियो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सचिव वैरागीको उपस्थिति थियो ।

उक्त अवसरमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सामूहिक तस्बीर खिचिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : ४६ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी