पानीजहाजमा ग्यास लिक हुँदा चीनमा १० जनाको मृत्यु « Khabarhub

पानीजहाजमा ग्यास लिक हुँदा चीनमा १० जनाको मृत्यु


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा मालवाहक पानीजहाजमा ग्यास चुहिएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

चीनको लोङयान शहरमा फुजियान शिपिङ कम्पनीको पानीजहाजमा कार्बनडाइअक्साइड ग्यास चुहिएर दुर्घटना भएको अधिकारीले जनाएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउँसो भएको दुर्घटनामा १० जनाको शव प्राप्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पानीजहाजको मर्मतका क्रममा भएको दुर्घटनामा अरु १९ जना घाइते भएको जनाइएको छ ।

प्रहरीले दुर्घटना गराएको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : ०३ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले