कुटपिट र धम्की दिएको भन्दै सलमान खानविरुद्ध उजुरी « Khabarhub

कुटपिट र धम्की दिएको भन्दै सलमान खानविरुद्ध उजुरी


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानविरुद्ध कुटपिट आरोपमा उजुरी परेको छ । उनीविरुद्ध मुम्बईको अँधेरी क्षेत्रमा लूटपाट गरेको आरोप लगाउँदै एक पत्रकारले उजुरी दिएका हुन् ।

टिभी पत्रकार अशोक पाण्डेले सलमान खानसहित अन्य २ जनाविरुद्ध कुटपिट र धम्की दिएको भन्दै उजुरी दिएको एजेन्सीले जनाएको छ । उनमाथि आपराधिक मुद्दामा मुम्बईको अँधेरी कोर्टमा उजुरी दर्ता गरिएको हो ।

पत्रकारका वकिलले सलमान खानका तर्फबाट धम्कीसमेत आएको बताएका छन् । प्रहरीले यसबारेमा छानबिन गर्ने बताएको छ ।

लफडा के हो ?

यो त्यही मामला हो, जहाँ सलमान खान केही समयअघि मुम्बईको अँधेरी क्षेत्रमा साइकिलिङ गर्दै थिए । सलमान खानले साइकल चलाएको भिडियो खिचिरहेका एक व्यक्तिको फोन खोसेर भिडियो हटाउन भनेका थिए ।

सलमान खानको टिमले तर्क दिएको थियो कि, सलमानलाई ती व्यक्तिको सुरक्षालाई लिएर चिन्ता थियो, किनकि सडकमा गाडी चलाइरहेका बेला ती व्यक्तिले भिडियो खिच्दा दुर्घटना पनि हुन सक्थ्यो ।

यता उजुरी गर्ने अशोक पाण्डेले भने तस्वीर खिच्नुभन्दा पहिले आफूले गार्डसँग सोधेको बताएका छन् । पछि सलमानले फोन खोसे । त्यसपछि गार्डले पनि उनलाई धम्याएको उनको दाबी छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : २४ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स