कुटपिट र धम्की दिएको भन्दै सलमान खानविरुद्ध उजुरी « Khabarhub

कुटपिट र धम्की दिएको भन्दै सलमान खानविरुद्ध उजुरी


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानविरुद्ध कुटपिट आरोपमा उजुरी परेको छ । उनीविरुद्ध मुम्बईको अँधेरी क्षेत्रमा लूटपाट गरेको आरोप लगाउँदै एक पत्रकारले उजुरी दिएका हुन् ।

टिभी पत्रकार अशोक पाण्डेले सलमान खानसहित अन्य २ जनाविरुद्ध कुटपिट र धम्की दिएको भन्दै उजुरी दिएको एजेन्सीले जनाएको छ । उनमाथि आपराधिक मुद्दामा मुम्बईको अँधेरी कोर्टमा उजुरी दर्ता गरिएको हो ।

पत्रकारका वकिलले सलमान खानका तर्फबाट धम्कीसमेत आएको बताएका छन् । प्रहरीले यसबारेमा छानबिन गर्ने बताएको छ ।

लफडा के हो ?

यो त्यही मामला हो, जहाँ सलमान खान केही समयअघि मुम्बईको अँधेरी क्षेत्रमा साइकिलिङ गर्दै थिए । सलमान खानले साइकल चलाएको भिडियो खिचिरहेका एक व्यक्तिको फोन खोसेर भिडियो हटाउन भनेका थिए ।

सलमान खानको टिमले तर्क दिएको थियो कि, सलमानलाई ती व्यक्तिको सुरक्षालाई लिएर चिन्ता थियो, किनकि सडकमा गाडी चलाइरहेका बेला ती व्यक्तिले भिडियो खिच्दा दुर्घटना पनि हुन सक्थ्यो ।

यता उजुरी गर्ने अशोक पाण्डेले भने तस्वीर खिच्नुभन्दा पहिले आफूले गार्डसँग सोधेको बताएका छन् । पछि सलमानले फोन खोसे । त्यसपछि गार्डले पनि उनलाई धम्याएको उनको दाबी छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : २४ बजे

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति