सकियो विराज र निकिताको ‘साङ्लो’ को छायांकन « Khabarhub

सकियो विराज र निकिताको ‘साङ्लो’ को छायांकन


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराज भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ५० दिन लगाएर गरिएको हो । धेरै भाग डोटीमा छायांकन गरिएको फिल्ममा विराज भट्ट र निकिता चण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । केही दृश्य भने काठमाडौंमा पनि खिचिएको निर्माण टिमले जनाएको छ ।

झण्डै ३ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेका विराज भट्टले फिल्मको कथा स्तरीय रहेको दाबी गर्छन् । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा लगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।

यही फिल्मबाट पूर्वमिस नेपाल निकिता चण्डकले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । यसअघि निकिताले फिल्म ‘रानीमहल’ मा अभिनय गर्ने भने पनि उक्त फिल्म पूर्ण बन्न सकेन । निकिताले ‘साङ्लो’ बाट आफू आशावादी भएको बताउँदै आएकी छिन् । विराजले पनि यो फिल्म विशेष भएको बताएका छन् ।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई तेजबहादुर खड्काले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका