क्रिस्टल प्यालेसका वान बिसाका भित्र्याउँदै युनाइटेड « Khabarhub

क्रिस्टल प्यालेसका वान बिसाका भित्र्याउँदै युनाइटेड


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डको  फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले क्रिसटल प्यालेसका डिफेन्डर आरोन वान बिसाकालाई भित्र्याउने भएको छ ।

युनाइटेडले उनीसँगको सम्झौता केही दिनभित्रै हुने जनाएको छ । २१ वर्षीय युवा खेलाडी वान बिसाकाका लागि युनाइटेडले ५० मिलियन पाउण्ड खर्च गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिसाकाले यु–२१ इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । युनाइटेड उनीसँग समझदारी नजिक रहेको बताउँदै उनलाई क्लबले हप्ताको ८० हजार पाउण्ड पारीश्रमिक दिने जनाएको छ ।

उनलाई अहिले क्रिष्टल प्यालेसले हप्ताको १० हजार पाउण्ड दिइरहेको छ भने उक्त पारिश्रमीक क्रिष्टल प्यालेसको सबैभन्दा कम पारिश्रमिक हो । ११ वर्षको उमेरमा क्रिष्टल प्यालेससँग जोडिएका वान बिसाकाले सन् २०१८ मा मात्रै टोलीबाट डेब्युको अवसर पाएका थिए ।

नयाँ सिजनका लागि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर आफ्नो टोली बलियो बनाउने योजनामा रहेका छन् । यसैक्रममा वान बिसाकालाई टोलीमा भित्र्याउन लागेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : २५ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले