नर्सिङ काउन्सिलको निर्वाचनका लागि मतदान केन्द्र तोकियो « Khabarhub

नर्सिङ काउन्सिलको निर्वाचनका लागि मतदान केन्द्र तोकियो


९ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले सदस्य पदको निर्वाचनका लागि मतदान केन्द्रहरु तोकेको छ । आगामी भदौं २८ गते हुने केन्द्रीय सदस्यका लागि काउन्सिलले विभिन्न १२ जिल्लामा मतदान केन्द्र तोकेको हो ।

काउन्सिलले विराटनगरको कोशी अञ्चल अस्पताल,धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरको जनकपुर अञ्चल अस्पताल, विरगंजमा रहेको नारायणी उपक्षेत्रिय अस्पताल, चितवनको भरतपुर अस्पताल र काठमाडौंको नेपाल नर्सिङ परिषद् भवनलाई निर्वाचन केन्द्र तोकेको हो ।

यस्तै कास्कीको पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, बुटवलमा रहेको लुम्बीनी अञ्चल अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल, धनगढीमा रहेको सेती अञ्चल अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मतदानको लागि निर्वाचन केन्द्र तोकेको हो ।

नेपाल नर्सिङ संघमा आवद्ध नर्सहरुले मात्रै काउन्सिलको निर्वाचनमा मदतान गर्न पाउनेछन् । नेपाल नर्सिङ संघमा १२ हजार नर्सहरु आवद्ध छन् ।

काउन्सिलमा लामो समयदेखि ३ जना केन्द्रिय सदस्यको पद रिक्त थियो । सोही रिक्त सदस्यका लागि साउन २९ गते सम्ममा ८ जनाले उम्मेदवारी दिएका छन् ।

काउन्सिललको सदस्याका लागि सरला केसी, जीता बराल, डा तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसा देवी अधिकारी, सिता कार्की, रिना श्रेष्ठ र मित्रा कुमारी देवकोटाले उम्मेदवारी दिएका हुन् ।

नेपाल नर्सिङ संघमा आवद्ध नर्सहरुले मात्रै काउन्सिलको निर्वाचनमा मदतान गर्न पाउनेछन् । नेपाल नर्सिङ संघमा १२ हजार नर्सहरु आवद्ध छन् ।

कुन जिल्लाका नर्सले कहाँ भोट हाल्ने ?

प्रकाशित मिति : ९ भदौ २०७६, सोमबार  ६ : ३२ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न