आर्यनका लागि अर्को ‘कायरा’ बन्यो ‘हजार जुनीसम्म’ « Khabarhub

आर्यनका लागि अर्को ‘कायरा’ बन्यो ‘हजार जुनीसम्म’


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चलचित्र ‘किस्मत’ बाट अभिनय यात्रा थालेका अभिनेता आर्यन सिग्देलले आफ्नो करिअरको एक दशक पछाडि फर्केर हेर्नुपरेन । उनले कमै फिल्ममा अभिनय गरे तर ती फिल्मले उनलाई सधै चर्चामा राखे । तर पछिल्ला केही वर्षयता भने आर्यनको क्रेज ह्वात्तै घटेको छ । लभरब्यायको छवि बनाएका आर्यनका फ्यान हल धाउन छोडेका छन् ।

आर्यनले अभिनय गरेको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ हालै रिलिज भएको थियो । उक्त फिल्ममा उनको शीर्ष भूमिका थियो । तर, उनले फिल्ममार्फत खासै कमाल गर्न सकेनन् । यो फिल्मले न त उनको करिअरलाई फाइदा पुर्‍यायो, न त उनका कारण फिल्म चल्यो । जबकि, आर्यनले यो फिल्मको कथा आफूलाई खुबै मन परेका कारण फिल्म रोजेको बताएका थिए ।

तर, फिल्म नै नचलेपछि उनका अन्य फिल्मलाई पनि असर पर्ने देखिन्छ । भलै आर्यनले एउटा फिल्म नचल्दैमा करिअरलाई असर पर्ने भन्ने नहुने धारणा राख्छन् ।

उनको कमब्याक फिल्मका रुपमा हेरिएको ‘कायरा’ ले पनि हलमा खासै कमाल गर्न सकेको थिएन । ‘हजार जुनीसम्म’ पनि बक्सअफिसमा असफल भएपछि यो फिल्मलाई पनि उनको अघिल्लो फिल्म ‘कायरा’ सँग तुलना गरिएको छ । दुवै फिल्मबाट आर्यनले खुबै आशा गरेका थिए तर दुवै फिल्म असफल रहे । ‘हजार जुनीसम्म’ मा पनि लभर ब्यायका रुपमा देखिएका आर्यनले फिल्मबाट खासै तारिफ पाएनन् ।

तस्वीर – आर्यन बिमली

अब उनी अभिनित फिल्म ‘च च हुई’ को चर्चा छ । यो फिल्म पनि यसै गरी आउने र हराउने हो कि भन्ने भय छ । फ्यानहरु आर्यनका फिल्म हेर्न हलसम्म आउँदैनन् तर अचम्म त के छ भने सामाजिक सञ्जाल र युट्युबका कमेन्टमा ‘आर्यन सिग्देलका फ्यान एकजुट हौँ’ भन्दै क्याम्पेनिङ भने गर्छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४८ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी