इजरायलद्वारा लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण « Khabarhub

इजरायलद्वारा लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायलले प्यालेष्टाइनी लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण गरेको छ ।

लेबनानको अल नहर समाचार संस्थाका अनुसार इजरायली वायुसेनाको चालकरहित ड्रोन विमानले प्यालेष्टाइनी लडाकु समूह पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेष्टाइन–जनरल कमाण्डको सैनिक निशानालाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

सोमबार सबेरै इजरायली लडाकु विमानले सिरियासँगको सीमामा रहेको कुशाया शहरस्थित प्यालेष्टाइनी लडाकु निशानामा आक्रमण गरिएको जनाइएको छ ।

उक्त लडाकु समूहको श्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार इजरायली वायुसेनाले तीन हवाई आक्रमण गरेका थिए ।

आक्रमणबाट भौतिक क्षति भएपनि मानवीय क्षति भने नभएको रोयटर्सले उल्लेख गरेको छ । आक्रमणका क्रममा प्यालेष्टाइनी समूहले जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र प्रहार गरेको थियो ।

यसबारे इजरायली पक्षबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन ।

यसअघि आइतबार लेबनानी शिया लडाकु समूह हेज्बोल्लाहले लेबनानको आकाशमा उडिरहेका इजरायलका दुई चालकरहित ड्रोन विमान खसालेको दाबी गरेको थियो ।

त्यसबाहेक इजरायलले सिरिया, इराक, प्यालेष्टाइन र लेबनानका विभिन्न स्थानमा सक्रिय लडाकु समूहहरुलाई लक्षित गरी हवाई आक्रमण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ४३ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता