रवि छुटेलगत्तै धुर्मुसले लेखे- अन्ततः सत्य र न्यायको जीत भयो « Khabarhub

रवि छुटेलगत्तै धुर्मुसले लेखे- अन्ततः सत्य र न्यायको जीत भयो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शालिकराम पुडासैनी प्रकरणमा मछिएका पत्रकार रवि लामिछाने अदालतवाट धरौटीमा रिहा भएपछि हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गर्दै खुशी व्यक्त गरेका हुन् । चितवन जिल्ला अदालतवाट लामिछाने धरौटीमा रिहा भएको खबर बाहिरीएपछि धुर्मुसले सामाजिक सञ्जालमा सत्यको सँधै जित हुने कुरा प्रमाणीत भएको अभिब्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अन्ततः सत्य र न्यायको जीत सदैव सुनिश्चित भएझैं भएको छ । देश भ्रष्टाचारमुक्त बन्नु पर्छ, कानुनी राज्य, विधीको शासन हुनुपर्छ । जीत सदैव नेपाल र नेपालीको हुनैपर्छ ।”

उने फेसबुकमा लेखेका छन्- “आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीले जितेका छन् । अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका विरुद्ध तथा गरिब दुःखीको लागि न्यायको आवाज बोल्दै आउनुभएको आदरणीय रवि दाई आज झन् दर्विलो शाहसका साथ आम जनताकाबीच आउनुभएको छ ।”

लामिछाने हिरासतमा परेलगत्तै उनले पूर्ण आत्मविश्वासका साथ प्रशासनलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छु भनेर बताएको भन्दै धुर्मुसले सोही प्रतिबद्धताको प्रशासन र न्यायालयले पनि सम्मान गरेको अनुभूति गरेको उल्लेख गरेका छन् । “यो जीतले समग्र न्याय क्षेत्रमा काम गर्ने अभियन्ता र सत्यका लागि साथ दिने समग्र शुभचिन्तकको जीत भएको छ । रवि दाई, तपाईंको यो जितले मलाई पनि यो देशका लागि सत्य र न्यायको बाटोमा कत्ति पनि नडगमाई काम गर्न थप उर्जा मिलेको छ ।जय देश, जय नेपाल ।” धुर्मुसले गरेके फेसबुक पोष्टमा लेखिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २३ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र