भारत सरकारद्वारा मनमोहन सिंहको उच्च सुरक्षा व्यवस्था फिर्ता « Khabarhub

भारत सरकारद्वारा मनमोहन सिंहको उच्च सुरक्षा व्यवस्था फिर्ता


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत सरकारले पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई प्रदान गर्दै आएको सबैभन्दा उच्च सुरक्षा व्यवस्था फिर्ता लिएको छ ।

विभिन्न सुरक्षा निकायहरुबाट पूर्व प्रधानमन्त्री सिंहमाथि रहेको सम्भावित सुरक्षा चुनौतिको विश्लेषण पछि उनको सबैभन्दा उच्च सुरक्षा व्यवस्था स्पेशल प्रोटेक्सन ग्रुप एसपीजी फिर्ता लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००४ देखि सन् २०१४ सम्म भारतीय प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सिंहलाई प्रदान गरिएको सुरक्षा व्यवस्था विभिन्न सुरक्षा निकायसँग तीन महिनासम्म समिक्षा गरेपछि फिर्ता लिइएको हो ।

यद्यपि, सिंहलाई सेन्ट्रल आर्मड पुलिस फोर्स सीआरपीएफको जेड–प्लस सुरक्षा व्यवस्था भने उपलब्ध गराइने छ ।

यसअनुसार अब भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धीलाई मात्र एसपीजी सुरक्षा व्यवस्था उपलब्ध छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : ३३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने