भारत सरकारद्वारा मनमोहन सिंहको उच्च सुरक्षा व्यवस्था फिर्ता « Khabarhub

भारत सरकारद्वारा मनमोहन सिंहको उच्च सुरक्षा व्यवस्था फिर्ता


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत सरकारले पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई प्रदान गर्दै आएको सबैभन्दा उच्च सुरक्षा व्यवस्था फिर्ता लिएको छ ।

विभिन्न सुरक्षा निकायहरुबाट पूर्व प्रधानमन्त्री सिंहमाथि रहेको सम्भावित सुरक्षा चुनौतिको विश्लेषण पछि उनको सबैभन्दा उच्च सुरक्षा व्यवस्था स्पेशल प्रोटेक्सन ग्रुप एसपीजी फिर्ता लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००४ देखि सन् २०१४ सम्म भारतीय प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सिंहलाई प्रदान गरिएको सुरक्षा व्यवस्था विभिन्न सुरक्षा निकायसँग तीन महिनासम्म समिक्षा गरेपछि फिर्ता लिइएको हो ।

यद्यपि, सिंहलाई सेन्ट्रल आर्मड पुलिस फोर्स सीआरपीएफको जेड–प्लस सुरक्षा व्यवस्था भने उपलब्ध गराइने छ ।

यसअनुसार अब भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धीलाई मात्र एसपीजी सुरक्षा व्यवस्था उपलब्ध छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : ३३ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा