साइमेक्स इन्कले विद्युतीय कार बिवाईडी एम ३ सार्वजनिक गर्दै « Khabarhub

साइमेक्स इन्कले विद्युतीय कार बिवाईडी एम ३ सार्वजनिक गर्दै


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि विद्युतीय सवारी कम्पनी बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले नाडा अटो शोमा बिवाईडी एम३ कार सार्वजनिक गर्ने भएको छ ।

साइमेक्सले विज्ञप्ति जारी गर्दै राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट शुरु हुन लागेको नाडा अटो शोमा बिवाईडी एम३ विद्युतीय कार सार्वजनिक गर्न लागेको जनाएको हो ।

एम–३ मल्टिपर्पस भेइकलमा एनसीएनको ५०.३ किलोवाटको बेट्रि रहेको साइमेक्सले जनाएको छ । एकपटक चार्ज गरिसकेपछि यो कार ३१० किलोमिटर सम्म चल्ने बताइएको छ । एम–३ ७ सिट भएको तथा ५ सिट भएको दुई मोडेलमा उपलब्ध हुनेछ । ७ सिटको कारको मूल्य ४९ लाख नेपाली रुपैयाँ तथा ५ सिट भएको कारको मूल्य ४८ लाख तोकिएको छ ।

यसअघि साइमेक्सले बीवाईडी इ६ नामक विद्युतीय कार सार्वजनिक गरेको थियो । एक पटक पूर्ण रुपमा चार्ज भएको इ६ ४ सय किलोमिटरसम्म चल्न सक्छ । नेपाली बजारमा इ६ को मूल्य ६६ लाख नेपाली रुपैयाँ तोकिएको छ ।

साइमेक्सले विद्युतीय कार चार्ज गर्नका लागि मुलुकका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरुको पनि व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा मात्रै ११ स्थानमा चार्जिङ स्टेशनको निर्माण गरेको छ । उपत्यकाबाहिर नारायणगढ, हेटौंडा, लुम्बिनी, धुलिखेल, बर्दिबास, पोखरा, इटहरी, बिर्तामोड, बिराटनगरमा समेत चार्जिङ स्टेशनको निर्माण गरिसकेको छ ।

विद्युतीय सवारीको क्षेत्रमा बीवाईडी अग्रणी कम्पनी हो । पछिल्लो ४ वर्षयता बिवाईडी सर्वाधिक विद्युतीय सवारी साधन विक्री गर्ने संस्था भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३३ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग