कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार « Khabarhub

कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न स्थानीय रामकृष्ण भुसाललाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकूल थापाले स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेको पुष्टि गरे ।

एसएसपी थापाका अनुसार कृषि विकास बैंकबाट ह्याक भएकोमध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको देखिएको थियो ।

प्रहरीले ह्याक भएको रकम ट्रान्सफर भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका भुसाल स्याङ्जाका निर्माण व्यवसायी (ठेकेदार) हुन् । उनले प्रतिक्षा निर्माण सेवा नामक निर्माण कम्पनी दर्ता गरेका जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : ३७ बजे

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ